आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपा विभाजनको तयारीमा

AuthorAP Khabar २०७५ मंसिर ९, आईतबार ( ५ साल अघि) ४७६ पाठक संख्या

काठमाडौं, मंसिर ९  : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएसँगै विवाद सिर्जना भएको छ । महन्थ ठाकुरको नेतृत्वमा रहेकोे राजपामा अध्यक्षमण्डलका नेता राजेन्द्र महत्तो संयोजक बनेसँगै केही नेताहरुले असन्तुष्टि देखाएका छन् । मंगलबार बसेको राजपाको अध्यक्षमण्डलको बैठकले संयोजक परिवर्तन गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय विपरित नेता ठाकुर निकटका केही नेताले निर्णय सच्याउन माग गरेका छन् । उनीहरुले अब बस्ने अध्यक्षमण्डलको बैठकमा संयोजक फेर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् ।

जनता समाचार डटकमसँग कुरा गर्दै राजपाका महासचिव केशव झाले पार्टीको विधान संम्वत अध्यक्षमण्डलको संयोजक परिवर्तन गरिएको दाबी गर्नुभएको छ । उहाँले विधानको धारा १६ को ५ नम्बर बुदाँमा अध्यक्षमण्डलको संयोजक दुई महिनामा फेरिने व्यवस्था रहेको बताउदै निर्णय परिवर्तनको सम्भावना नरहेको बताउनुभयो ।

अध्यक्ष मण्डलका नेता ठाकुर १७ महिनासम्म संयोजक बन्नुभएको उल्लेख गर्दै महासचिव झाले केही व्याक्ति पार्टीको विधान विपरित जान खोजेको आरोप लगाउनुभयो । नेता ठाकुरले अध्यक्षमण्डलको नेतृत्व स्वीकार गरिसकेको बताउँदै पार्टीको निर्णय विपरित जानेहरु कारवाहीको दायरामा आउने महासचिव झाको भनाई छ ।

विवाद के हो ?
राजपाका महासचिव केशव झाले केही नेताहरु पार्टी विभाजनको तयारीमा रहेको भन्ने सुनिएको बताउनुभएको छ । उहाँले भन्नुुभयो,‘मानिसको जात सानो कुरामा लोभ लालच गरेर बसेको हुन्छ, १७ महिनासम्म महन्त ठाकुरले नेतृत्व गर्नुभएको हो कुनै विवाद आएन अहिले ठाकुरलाई कमजोर पार्ने प्रपञ्च भइरहेको छ ।’
महासचिव झाले मधेस र मधेसी जनताको नाममा राजनीति गरेर स्वार्थ पूर्तिमा लिप्त हुन कसैलाई छुट नभएको बताउनुभयो । मधेसका साझा समस्यालाई एकिकृत भएर सम्बोधन गर्नुपर्ने उहाँको धारणा रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस