आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

११ बजेको समय दिएर ४ बजे आउनु भएका प्रेदश नम्बर २ का उद्योग मन्त्रि रायले भने गाउँपालिका अध्यक्षले गाडी चढन जनतासंग कर असुल्छन्

AuthorAP Khabar २०७५ मंसिर ९, आईतबार ( ५ साल अघि) ९५५ पाठक संख्या

AP डेस्क
जीपतुर, मंसिर ९ : प्रदेश नम्बर २ का उद्योग, पर्यटन बन तथा बातावरण मन्त्रि रामनरेश रायले स्थानिय सरकारले महंगो सवारी सडक ब्यापारी माथि अनावश्यक कर लादेको आरोप लगाउनुभएको छ । ११ बजेको समय दिएर ४ बजे आउनु भएका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ बाराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश उद्योग मन्त्रि रायले गाउँपालिकाका अध्यक्षहरुलाई महगंो सवारी चाहिन्छ र त्यो बजेट पु¥याउन स्थानिय सरकारले अनावश्यक रुपमा ब्यापारी माथि कर लादन थालेको आरोप लगाउनुभएको हो ।

उहाँले आफु गाउँपालिकको प्रमुख भएको बेला साईकल र मोटर साईकलले जनताको सेवा गरेको सम्झदै हालका सरकारले जनतामाथि जबरजस्ति कर लादेको र त्यो प्रदेश सरकारले नगर्ने जानकारी दिनुभयो । प्रदेश उद्योग मन्त्रि रायले प्रदेश सरकार ब्यापारीहरुको साथमा रहेको बताउदै अब प्रदेश नम्बर २ लाई सम्बृद्ध बनाउन ब्यवसायको सहयोगको आवश्यक्ता रहेको जीकिर गर्नुभयो । साथै उहाँले अब बन्ने ऐन कानुन ब्यवसायीहरुको हकमा हुने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।


कार्यक्रममा जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष संजय साहले ब्यापारीहरुको हकहितलाई प्रेदश सरकारले ध्यान दिन आग्रह गर्दै ४ बुँदे ज्ञापन पत्र प्रदेश मन्त्रि रायलाई बुझाउनुभएको थियो ।
संघका अध्यक्ष साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर कपिलदेव प्रसाद यादब, छविलाल शर्मा, गीता शर्मा, अमरभक्त पौडेल, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरिक्षक रामउदय राउत शर्मा लगाएतको उपस्थिती रहेको थियो ।
शिवजी साहको सहजिकरण रहेको कार्यक्रममा मनोज गुप्ताले अतिथीहरुलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस