आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तिन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्समा बृद्धि

AuthorAP Khabar २०७५ मंसिर ९, आईतबार ( ५ साल अघि) ५४९ पाठक संख्या

काठमाडौं, मंसिर ९ :  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाहमा ३७.३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३७.३ प्रतिशतले रेमिट्यान्स बढेर २ खर्ब ४२ अर्ब १७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ६.६ प्रतिशतले बढेको थियो ।
रेमिट्यान्ससँगै खुद ट्रान्सफर आयमा समेत बढोत्तरी भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन भदौ र असोजमा खुद ट्रान्सफर आय ३३.४ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.३ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.६ प्रतिशतले घटेको थियो । यस अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स भने बढेको अनलाईन खबरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस