आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सन्दीपले दुई विकेट लिएको खेलमा केरलाले अंक बाँड्यो

AuthorAP Khabar २०७५ मंसिर १०, सोमबार ( ५ साल अघि) ४६९ पाठक संख्या

काठमाडौं, मंसिर १०  : नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि केरला किंग्सले राजपुत्ससँग अंक बाँडेको छ । युएईमा जारी टि-१० क्रिकेट लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा वर्षा भएपछि केरलाले राजपुतसँग अंक बाँडेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको राजपुत्सले नौ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन बनाउँदा वर्षा भएको थियो ।

लौरिई इभान्सले राजपुत्सका लागि ३८ रन बनाएका थिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई विकेट लिन सफल भए । उनले पहिलो ओभरमा नै मोहम्मद शाहजादलाई एक रनमा आउट गराएको थिए ।

त्यस्तै, आफ्नो दोस्रो तथा अन्तिम ओभरमा कार्लोस ब्राथवाइटलाई पनि एक रनमै आउट गराएका थिए । २ ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर २ विकेट लिएका थिए ।

यसअघि केरलाले आफ्नो पहिलो खेलमा पख्तुन्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपले ३ विकेट लिन सफल भएका थिए । पहिलो खेलमा नै म्यान अफ द म्याच घोषित भएका सन्दीपले आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिन सफल भएका थिए । तर केरला यो खेलमा भने सिन्धिससँग ९ विकेटले पराजित भएको थियो ।

अनलाईन खबर

प्रतिक्रिया दिनुहोस