आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारकै कारण राष्ट्रिय आयोजना अलपत्र, वीरगंज–पथलैया व्यापारिक मार्गको बेहाल

AuthorAP Khabar २०७५ मंसिर १०, सोमबार ( ५ साल अघि) ४७३ पाठक संख्या

बारा,मंसिर १०: राष्ट्रिय आयोजनामा रहेको व्यापारिक मार्ग बिस्तार योजना वीरगंज–पथलैया ६ लेन सडक निमार्ण कामको सम्झौताको म्याद गुज्रिने निश्चित भएको छ । बाटो विस्तारका लागि सडक बिभागले गत २०७३ साल असार २९ गते अर्थात् ३० महिनाको समय अवधी तोके पनि सडक निर्माण कामको सम्झौता भएको ३० महिना आउँदो पुस महिनामा म्याद गुज्रिने पक्का भएको हो ।

सडक विभागले वीरगंजदेखि पथलैया सम्म बाटो निमार्णका लागि ६ भागमा बिभाजन गरेर छुट्ट–छुट्टै ६ वटा कम्पनिलाई जिम्मा दिएको छ । व्यापारिक मार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले समयमा काम नगर्दा व्यापारीक मार्गको काममा ढिलाई भएको योजना कार्यालयले जनाएको छ ।

हाल निर्माण कार्यको जिम्मा पाएका केहि कम्पनीहरुले केहि हदसम्म राम्रो काम गरेपनि अन्य कम्पनीहरुले भने काममा ढिलाई गरेका कारण र योजनाले समयमा साईड खाली गराउँन नसकेको कारणले समयमा काम पुरा नभएको व्यापारिक मार्ग बिस्तार योजना वीरगंज–पथलैया सडकका सूचना अधिकारी ईन्जिनियर सौम्या आनन्दले बताईन् ।

भौतिक प्रगती बारे बताउँदै ईन्जिनियर सौम्या आनन्दले भनिन्– “योजनाको लगभग ५० प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।” यस योजनामा रहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्ज अन्तरर्गत पर्ने ११ सय मिटरको क्षेत्र खाली गराउँन नसक्दा पनि काम प्रभावित भएको ईन्जिनियर आनन्दको भनाई छ ।

उनले पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने ११ सय मिटर रुख कटान गर्नका लागि ई.आ.ए रिपोर्ट चाँडै आउँने बताउँदै जीतपुर बजार क्षेत्र अन्तरर्गत सडकमा पर्ने संरचना हटाएर सडक निर्माणमा सहयोग गर्न जीतपुर बासीसँंग आग्रह समेत गरेकी छन् ।

पाँच अर्व ५० करोडको लागतमा बिनियोजन गरिएको पथलैया देखी बिरगंज सम्म २७ कीलोमिटरको सडक निर्माण थालिएको सडक विभागले प्रति कम्पनिलाई झण्डै ६७ करोड बजेट छुट्याएर आउँदो २०७५ साल पुष २८ गते भित्र सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने गरी जिम्मा दिएको थियो । सडक निर्माणको ठेक्का सम्झौता भएको सयम सिमा समाप्त हुँन अब झण्डै डेढ महिना मात्रै बाँकी रहेको छ ।

खरीबोट समाचार

 

प्रतिक्रिया दिनुहोस