आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अस्ट्रेलियामा ‘नेपाल महोत्सव’

AuthorAP Khabar २०७५ मंसिर ११, मंगलबार ( ५ साल अघि) ४५८ पाठक संख्या

काठमाडौं ,मंसिर ११: सिड्नीमा नेपाल महोत्सव सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले न्यूसाउथ वेल्स राज्य समिति, नेपाल पर्यटन बोर्ड महाबाणिज्यदूतको कार्यालय न्युसाउथ वेल्स र सिड्नीका नेपाली सामुदायिक संस्थाको सहकार्यमा महोत्सवको आयोजना गरेको थियो ।

एनआरएन अस्ट्रेलियाको ट्रेड मार्क बनेको नेपाल महोत्सवको एक समारोहबीच अस्ट्रेलियाका अध्यागमन मन्त्री डेविड कोलम्यानले शनिबार उद्घाटन गरे । उनले अस्ट्रेलियामा छोटो समयमा निकै फैलिएको र चर्चा कमाएको नेपाली समाजको पहिचान स्थापित भइसकेको बताए।

कार्यक्रममा विशेष अतिथिका रूपमा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले मुलुक चिनाउने यस्ता महोत्सवहरू निकै महत्वपूर्ण रहेको बताउनुभयो । शेर्पाले नेपाली कला संस्कृतिसँगै मुलुकको पर्यटन प्रर्वद्धनका लागि महत्वपूर्ण मानिने महोत्सवले देशको पर्यटन प्रर्वद्धनमा समेत ठूलो महत्व बोकेको बताउनुभयो ।

कार्यक्रममा नेपालबाट गायक राजेश पायल राई, विश्व नेपाली, तृष्णा गुरूङ, पुशपति शर्मा, आँचल शर्मा, शिव हमालजस्ता कलाकारको प्रस्तुति रहेको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस