आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आयुषलाई ‘हिमालय रोडिज’को उपाधि

AuthorAP Khabar २०७५ मंसिर ११, मंगलबार ( ५ साल अघि) ५५० पाठक संख्या

काठमाडौं ,मंसिर ११: हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’ को बिजेताको उपाधि आयुष श्रेष्ठले जितेका छन् ।हात्तिवन सामुदायिक जंगलमा भएको फाइनल प्रतिस्पर्धामा आयुषलले शो को उपाधि हात पारेका हुन् । एड्भेन्चर रियालिटी शोको उपाधिका लागि आयुष श्रेष्ठ, प्रिबिर घले र तेजश बस्नेतले कडा प्रतिस्पर्धा गरेका थिए ।

उपाधि विजेता आयुष श्रेष्ठले बुटवल अडिसनबाट प्रतिस्पर्धामा सहभगिता जनाएका हुन् । बिजेताको उपाधिसँगै श्रेष्ठले दश लाख नब्बे हजार रुपैँया नगद र यामाहा एफ.जेड. २५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरेका छन् । हिमालय रोडिजमा प्रतिस्पर्धाहरुको शारिरीक मानसिक र बौद्धिक क्षमता मात्र नभएर उनीहरूको सामाजिक व्यवहरको पनि मुल्यांकन हुने आयोजकले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस