आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा महोत्सवमा दर्शकको घुँइचो : दुई दिन थपियो महोत्सव

AuthorAP Khabar २०७५ मंसिर ११, मंगलबार ( ५ साल अघि) ५१० पाठक संख्या

सिमरा, मंसिर ११: बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित दुधौरा रिभरसाईडमा आयोजना गरिएको बारा महोत्सवमा दर्शकको अत्याधिक सहभागिता पछि आयोजकले थप २ दिन महोत्सव लम्ब्याएको    छ । एस फाउण्डेसन अफ नेपाल बाराले गत कार्तिक ३० देखि मंसीर १० गते सम्मका लागि महोत्सवको आयोजना गरेको भएपनि दर्शकको मागका कारण आज र भोलि महोत्सवको समय लम्ब्याईएको आयोजक संस्थाका अध्यक्ष बेदप्रसाद भट्टले जानकारी दिए ।
कृषि पर्यटन तथा औद्योगिक प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सव एकलाख भन्त्दा बढि दर्शकले अवलोकन गरिसकेका छन् ।
बारा महोत्सवमा आज चर्चित हाँस्य कलाकार दिनेश काफ्ले, लोक गायक दुर्गेश थापा, नविन पौडेल तथा मिस्टर डि लगायत स्थानिय कलाकारहरुले सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस