आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

किन जाँदैछन् महन्थ ठाकुर दिल्ली ?

AuthorAP Khabar २०७५ मंसिर १२, बुधबार ( ५ साल अघि) ४९२ पाठक संख्या

काठमाडौं,मंसिर १२: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पूर्व संयोजक महन्थ ठाकुर आज राति ८ बजे भारतको नयाँ दिल्ली जाँदैछन् । ठाकुर उपचार क्रममा भारत जान लागेका हुन् । ठाकुर हरेक ६ महिनामा भारतमा फलो अपका लागि जाने गरेका छन् ।

ठाकुरको भ्रमणबारे राजपामा औपचारिक जानकारी छैन । राजपाको सोमबार नै बैठक बसेर सरकारलाई दिइएको समर्थन फिर्ता लिने कार्यसूची थियो । तर सोमबार बैठक बस्न सकेन ।

ठाकुर आएपछि बैठक
सोमबार बस्ने भनिएको बैठक बस्न नसकेपछि राजपाको बैठक अनिश्चित छ । महामन्त्री केशव झाले भन्नुभयो, ‘ठाकुर भारत जानु भएपछि उहाँ फर्केपछि मात्रै बैठकको मिति तय हुनेछ र पहिलो बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ता हुने छ ।’

भेटघाटको सूची
महन्थ ठाकुर भारत भ्रमणमा उपचारका लागि जाने भनिए पनि उनको राजनीतिक भेटघाट पनि हुनेछ । यद्यपि भेटघाटबारे केही बताइएको छैन । १८ महिना राजपा संयोजक रहेका ठाकुर संयोजकबाट हटेलगत्तै राजपाको बैठकसमेत बस्न सकेको छैन । ठाकुर निकटका केही नेता असन्तुष्ट छन् । राजपाको महाधिवेशन पनि हुन सकेको छैन । सरकारलाई दिइएको समर्थन फिर्ता लिने नलिनेमा पनि नेताहरुबीच फरक मत छ । यस्तो अवस्थामा ठाकुरको उपचार मात्र हुनेछैन, उनले भारतको राजनीतिक वृत्तका नेतासँग पनि परामर्श गर्नेछन् । के सन्देश बोकेर आउँछन्, केहीदिन कुर्नैपर्छ, त्यसपछिको राजनीतिक घटनाक्रमले विस्तार पर्दा उघारिने अपेक्षा छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस