आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

प्रमाण दिनुस्, राजीनामा दिन्छुः बाँस्कोटा

AuthorAP Khabar २०७५ मंसिर १२, बुधबार ( ७ साल अघि) ६६० पाठक संख्या

काठमाडौं,मंसिर १२: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्मला पन्त हत्याकाण्डको समाचार प्रकाशन तथा प्रसारणमा रोक नलगाइएको बताउनु भएको छ । सरकारी सञ्चार माध्यममा पन्त हत्या प्रकरणको समाचार नदिन मन्त्रीले निर्देशन दिएको भनेर केही सञ्चार माध्यमले भ्रम छरेको र पूर्वाग्रही समाचार दिएको मन्त्री बाँस्कोटाको भनाइ छ ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘म र सरकारलाई बदनाम गराउने प्रपञ्चले त्यस्ता समाचार लेखिएको पाएको छु, त्यस्तो निर्देशनको मौखिक, लिखित, फोन रेकर्ड वा आशय झल्कने कुनै पत्र मात्रै प्रमाणका रुपमा कसैले दिन्छ भने तत्काल राजीनामा दिन तयार छु ।’

मन्त्री बाँस्कोटाले सरकार असफल बनाउन र व्यक्ति खुइल्याउने काममा केही सञ्चारमाध्यम सरिक भएको बताउनु भयो । ‘निर्मलाको परिवारलाई न्यायका निम्ति सरकारले अनुसन्धान गरिरहेको र अपराधीको खोजतलासमा सरकार एकपाइला पनि पछि हट्ने छैन,’ मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘सरकारले निर्मलाको बुवाको उपचारमा सघाउ पु¥याइरहेको छ, यो विषयलाई राजनीतिकरण गर्ने या जथाभावी दूरासय प्रकट गरिरहँदा पनि निर्मलाका परिवारलाई न्याय हुने छैन ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस