AP डेस्क
जीतपुर, मंसिर १२ :बाराको परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहलाई पत्नी शोक परेको छ।बुधवार साहकी श्रीमती सुनितादेवि साह कानुको संकाश्पद रुपमा मृत्यु भए पशचात साहलाई पत्नि शोक परेको हो ।
परवानीपुर स्थित आफ्नै निवासमा सारीको पासो बनाएर झुन्डिएको र पछि गाउँपालिका अध्यक्ष साहले अस्पताल लगदै गरेको अवस्था निजको मृत्यु भएको स्थानियको भनाई छ ।
बुधबार विहान करिब १० बजे उनले छोरीको कोठामा सारीको पासो बनाएर आत्महत्या गरेकोइलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक सुवास हमालले जानकारी दिनुभएको हो ।
केहि समय यता डिप्रेसनको औषधी सेवन गरिरहेकी ४५ वर्षिया कानुले डिप्रेसनकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
कानुको शव पोष्टमार्टमका लागि वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस