आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नागरिकता लिँदा बुवाको पहिचान हटाउन माग

AuthorAP Khabar २०७५ मंसिर १३, बिहिबार ( ५ साल अघि) ४०५ पाठक संख्या

काठमाडौं, मङ्सि १३:कुनै पनि नेपाली नागरिकले बाबुको पहिचान नभएसम्म नेपाली नागरिकता नपाउने व्यवस्था प्रस्तावित संशोधन विधेयकबाट हटाउन सांसदले माग गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बुधबार भएको दफाबार छलफलमा संशोधनकर्ता सांसदले आमाको नामबाट नागरिकता दिँदा बाबुुको पहिचानको कुरा हटाउनुपर्ने बताएका हुन्।

विधेयकमाथि संशोधनकर्ता सांसद गगनकुमार थापाले आमाको नामबाट नागरिकता दिएपछि बाबुको पहिचान आवश्यक पर्छ भने त्यो आमाका नामबाट नागरिकता दिएको अर्थ नहुने जिकिर गरे। ‘यसले आमाको नामबाट नागरिकता दिने कुरा सकिन्छ,’ उनले भने, ‘बालकले बाबुुको पहिचान नभएको व्यक्तिका रूपमा आफूलाई लिने हुँदा उसलाई शारीरिक र मानसिकरूपमा मनोवैज्ञानिक असर पर्न जाने भएकाले यस्तो व्यवस्था हटाउनुपर्छ।’

सांसद थापाले गैरआवासीय नागरिकलाई राजनीतिक अधिकारबाहेक सबै प्रकारका आर्थिक, सामाजिक, सांस्कृति अधिकार दिएर नागरिकता दिनुपर्ने बताए। संशोधन कर्ता हृदयश त्रिपाठीले पनि बाबु पहिचान नभएको अवस्थामा त्यो बालकले कसरी नागरिकता प्राप्त गर्ने त्यसबारे स्पष्ट व्यस्था गर्नुपर्ने बताए। बाबु थाहै छैन तर उसले नागरिकता लिनुपर्ने भयो भने त्यसलाई नागरिकताविहीन बनाउन नहुने भन्दै यस्तो बाबु पहिचान हुनुपर्ने व्यवस्था हटाउनुपर्ने उनको भनाइ थियो।

बाबु जन्मको आधारमा नागरिक भइसक्यो उसको सन्तान के हुन्छ भन्नेबारे विधेयकले स्पष्ट गर्नुपर्ने पनि उनले बताए। नागरिकताको विषयमा मधेसलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। ‘विगतमा मधेसकाले नागरिकता लिए हैन नागरिकता दिए भन्ने कुरा गरौं,’ उनले भने। उनले विगतमा २२ लाख नागरिकता वितरण भएको बताए। तर अहिले ४० लाख वितरण भयो भनेर गलत हल्ला फैलाइएको उनले दाबी गरे।

विगतमा करिब २२ लाख वितरण भएकोमा १२ लाख पहाडमा वितरण भएको हो, १० लाख मधेसमा वितरण भएकोमा ४ लाख पहाडी समुदायको रहेको उनले बताए। बाँकी ६ लाख मात्र मधेसीले लिएको तर यो विषयमा भ्रमको खेती भएको उनको भनाइ थियो। ‘खेतीले कता लगेको छ। त्यसले राम्रो गर्नेवाला छैन,’ उनले भने।

अर्का संशोधनकर्ता सांसद अमृता थापाले नागरिकता लिँदा बाहुको पहिचान अनिवार्य रहेको कुरालाई हटाउनुपर्ने बताइन्। यो व्यवस्थाले पुरानै व्यवस्थातर्फ लैजाने र थुप्रै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसक्ने बताइन्। संशोधनकर्ता सांसद प्रेम सुवालले प्राकृति र कृतिम गरी दुई प्रकारले नागरिकता दिनुपर्ने बताए। उनले सर्जमिनका आधारमा नागरिकता पाउनु ठीक नभएको बताए। वडाअध्यक्षले सही गर्दैमा नागरिकता पाइँदैन उनले भने। समिति सदस्य सांसद इन्दुकुमारी शर्माले आफ्नो परिवार २२ सालदेखि नेपाल आएर बसेपनि नागरिकता नभएको बताइन्। मेरो भतिजी २२÷२३ बर्षको भयो नागरिकता पाएको छैन उनले भनिन्। उनी आफूले नेपालीसँग वैवाहिक सम्बन्ध गरेकाले अंगीकृत नागरिकता पाएको बताइन्। संशोधनकर्ता सांसद लक्ष्मणलाल कर्णले पनि नागरिकता प्राप्त गर्दा बाबुको पहिचानको व्यवस्था हटाउनुपर्ने बताए।

सांसद रामकुमारी झाँक्रीले नागरिकता ऐनमा पुर्नलेखनको आवश्यकता रहेको बताइन्। उनले पहिलेका कमा र फुलिस्टपले अब काम गर्न नसक्ने भन्दै आवश्यकता अनुसारको ऐनको आवश्यकता परेको बताइन्। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकले आमाको नाममा नागरिकता लिँदा बुवाको पहिचान हुनुपर्ने व्यवस्था गरेको छ।

 

हेडलाइन खबर

प्रतिक्रिया दिनुहोस