आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गगन थापाको ट्वीटले तरङ्ग !

AuthorAP Khabar २०७५ मंसिर १३, बिहिबार ( ५ साल अघि) ५६३ पाठक संख्या

काठमाडौं, मंसिर १३ :नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले गरेको जोर बिजोर प्रणाली अवरोध गर्न आह्वान गर्नुभएको छ । राष्ट्र गाह्रो, अप्ठ्यारोमा परेको खण्डमा ज्यान दिन र भोकै बस्न तयार हुनुपर्ने बताउँदै नेता थापाले विदेशी संस्थाको कार्यक्रमलाई सरकारले यति धेरै महत्व दिएकोमा आपत्ती जनाउनु भएको छ ।

उहाँले एक ट्विट गर्दै भन्नुभएको छ–‘धर्मान्तरको नाममा स्थापित विवादित संस्थाका कार्यक्रमलाई जनतालाई सास्ती दिने सरकारको काम खेदजनक छ । सरकारले गरेको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौँ ।’

शुक्रबारबाट हुन लागेको ‘एसिया प्यासिफिक सम्मेलन २०१८’ नितान्त धर्म प्रचारक संस्थाले गरेको उहाँको ठहर रहेको छ । यसअघि सरकार नै कार्यक्रमको सह–आयोजक थियो तर कांग्रेसको विरोधका कारण पछि हट्नु परेको थियो । भदौ १४ र १५ गते भएको बिम्स्टेक सम्मेलनमा समेत काठमाडौं जोर बिजोर सवारी चलाइएको थियो तर विरोध कसैको भएको थिएन ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस