आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या, गेस्टहाउसका ड्राइभर पक्राउ

AuthorAP Khabar २०७५ मंसिर १३, बिहिबार ( ५ साल अघि) ५७१ पाठक संख्या

काठमाडौं, मंसिर १३ :  काठमाडौंको गोंगबु, मित्रनगरबाट दुई दिनअघि हराएका ८ वर्षीय बालक प्रयास कुँवरको शव हत्या गरेको अवस्थामा बिहीबार फेलापरेको छ । म्हेपीस्थित पुलमुनि झोलामा फालेको अवस्थामा बालकको शव फेलापरेको हो ।

मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेस्टहाउसका सन्चालक प्रवीण कुँवरका छोरा प्रयास गत मंगलबार साँझदेखि बेपत्ता भएका थिए । प्रयास गोंगबु टाउन प्लानिङस्थित बेलमेन्ट स्कुलमा कक्षा–१ पढ्दै आएका थिए । बालकको अपहरणपछि हत्याको आरोपमा प्रहरीले सोही गेस्टहाउसका ड्राइभर स्याङ्जाका २२ वर्षीय महेन्द्र सार्कीलाई पक्राउ गरेको छ ।

सार्कीलाई बिहीबार बिहान पक्राउ गरेपछि उनकै बयानको आधारमा बालकको शव फेलापरेको प्रहरीले जनाएको छ । अपहरण गरेको डेढ घन्टाभित्रै बालकको हत्या गरेको बयान अभियुक्त सार्कीले दिएको प्रहरीले जनाएको छ । मंगलबार प्रयास स्कुलबाट फर्केपछि सार्कीले चकलेट दिएर फकाएको र आफूसँगै लगेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

सार्की डेढ महिनाअघिमात्रै काम खोज्दै गेस्टहाउसमा पुगेका थिए । स्याङ्जाका प्रवीण कुँवरले जिल्लवासी भन्दै सार्कीलाई ड्राइभर राखेको जनाइएको छ ।

 

 

ईमेज खबर

प्रतिक्रिया दिनुहोस