आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

१६ वर्षीया पूजा थापा बिहान मृत फेला परेकी

AuthorAP Khabar २०७५ मंसिर १४, शुक्रबार ( ७ साल अघि) ७२७ पाठक संख्या

टीकापुर, मंसिर १४: टीकापुर नगरपालिका– १ ब्लक नम्बर १६ मा १६ वर्षीया पूजा थापा मृत अवस्थामा भेटिएकी छन्। मावली घरमा बज्यै तुलसी रावलसँगै बस्दै कक्षा १२ मा अध्ययन गरिरहेकी थापा बिहीबार बिहान १० बजेतिर टीकापुरको ब्लक नं. १२ मा हजुरआमालाई भेटन गएकोमा शुक्रबार बिहान मृत फेला परेकी हुन्।

उनी बस्ने घरदेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको एक निर्माणाधीन घरको नजिकै खुल्ला चौरमा शव रहेको र किशोरीको मोबाइल, ज्याकेट चप्पल उक्त घरभित्र भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए।

मृतकका बुवा हर्कबहादुर थापा र आमा कामको शिलशिलामा भारतमा रहको आफन्तले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए।

जनता समाचार

प्रतिक्रिया दिनुहोस