आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पहिलो दिनको कमाइमा ‘२.०’को रेकर्ड

AuthorAP Khabar २०७५ मंसिर १४, शुक्रबार ( ५ साल अघि) ५५६ पाठक संख्या

काठमाडौं, मंसिर १४: रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म ‘२.०’ बिहिबारबाट प्रदर्शनमा आएको छ । अपेक्षाअनुसार नै फिल्मले पहिलो दिन एकदमै राम्रो प्रतिक्रिया पाएको छ । लामो समय देखी रजनी कान्तको फिल्म रिलिज नभइरहँदा उनका फ्यानले ‘२.०’लाई लामो सयम देखी पर्खि रहेका थिए । दक्षिण भारतका कतिपय ठाउँहरुमा फिल्मको शो बिहान ४ बजेदेखि नै सुरु गरिएको थियो । त्यसको बावजुद पनि फिल्म हलहरुमा दर्शकको भीड घटेको थिएन ।

दर्शकहरुले फिल्मको थ्रीडि भर्जनलाई रुचाइरहेका छन् । भारतीय ट्रेड एनालिस्ट गिरीश जौहरका अनुसार फिल्को हिन्दी भर्जनले पहिलो दिन नै २५ करोडको कमाई गरेको छ । यसको अलावा तमिल र तेलुगू गरि दुई भाषाको फिल्महरुले पनि ३०–३० करोडभन्दा बढी कमाई गरेको छ । सबैलाई जोड्दा फिल्मले पहिलो दिनमै १ सय करोडभन्दा बढीको कमाई गरेको छ । ‘२.०’ले आमिर खानको हालसालै रिलिजभएको फिल्म ‘ठग्स अफहिन्दुस्तान’को रेकर्ड तोडेको छ । आमिरको फिल्मले पहिलो दिनमै ५० करोडभन्दा बढीको कमाई गरेको थियो ।

‘२.०’ले भारतका सबै फिल्महरुको रेकर्ड तोड्दै सबैभन्दा धेरै कमाईगर्ने फिल्मको रेकर्ड राख्नसक्ने अनुमान भारतीय फिल्म पण्डितहरुले गरेका छन् । १२ लाख टिकटको बुकिङ भएपछि फिल्मले एडभान्स बुकिङको रेकर्ड पनिआफ्नो नाममा गराएको थियो । कमाईको कुरा गर्ने हो भने भारतीय चलचित्रहरु मध्ये अहिलेसम्म सबैभन्दा धेरै कमाई गरेको फिल्म ‘बाहुबली २’ हो । ‘बाहुबली २’ले विश्वभरबाट १८ सय १० करोडभारतीय रुपैयाँ कमाइ गरेको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस