आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सवारी दुर्घटना: ५ को मृत्यु

AuthorAP Khabar २०७५ मंसिर १४, शुक्रबार ( ५ साल अघि) ५९२ पाठक संख्या

हङकङ ,मंसिर १४: बसले ट्याक्सीलाई ठक्कर दिँदा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सिंग यी द्धीपस्थित हङकङ विमानस्थलमा भएको दुर्घटनामा ३१ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको र बाँकी २ जनाको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा विमानस्थलका कर्मचारी भएको समाचारमा उल्लेख छ ।

घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ । बसका एक यात्रुका अनुसार तीव्र गतिमा गुडिरहेको बसले रोकिराखेको ट्याक्सीमा ठक्कर दिएको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस