आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा माध्यामिक बिद्यालयका बिपन्न विद्यार्थीलाई सहकारीद्धारा पोशाक वितरण

AuthorAP Khabar २०७५ मंसिर १४, शुक्रबार ( ५ साल अघि) ४१२ पाठक संख्या

सिमरा, मंसिर १४ : बाराको सिमरामा रहेको श्री नेपाल राष्टिञय माध्यामिक बिद्यालयका आधारभुत तहका छात्रछात्रालाई एक सहकारीले पोशाक बितरण गरेको छ । शुक्रवार विद्यालयमा औपचारीक कार्यक्रमको आयोजना गर्दै सिमरामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिं. ले यस बिद्यालयका बिपन्न बिद्यार्थीलाई ६१ थान हाउस टञयाक बितरण गरेको हो ।
बितरण समारोहमा बौल्दै बिद्यालयका ब्यवास्थापन समिती अध्यक्ष राजेन्द्र गौतमले सामुदायिक बिद्यालयले चन्दा मागेरै भएपनि बिद्यालयका बालबालीकाको भबिष्यलाई उज्वल बनाइने बताउनुभएको छ ।
सामुदायिक बिद्यालयको आर्थिक अवस्था कमजोर भएपनि शैक्षिक कार्यक्रमलाई कुनै असर पर्न नदिइकन नमुना सामुदायिक बिद्यालयका रुपमा बिद्यालयलाई स्थापित गराउन अग्रसर रहेको भन्दै अध्यक्ष गौतमले बिद्यालयको आधारभुत तहलाई पुर्ण अंग्रेजी माध्यमबाट थालिएको बताउनुभयो ।
बिद्यालयले जाडोलाई मध्यनजर गर्दै आधारभुत तहका बिपन्न बालबालीकालाई न्यानो कपडा हाउस डञेस बिरतणको प्रबन्धका लागी बिभिन्न ब्यक्ति, सँस्थाहरुसंग समन्वय गरी सो कपडा बितरण गरेको हो ।
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधुसुदन सिटौला, सहकारीकी बरिष्ठ उपाध्यक्ष कमला घिमिरे, कोषाध्यक्ष कृष्ण रिमाल, ऋण उप समिती संयोजक दिपक राज शर्मा, ब्यवस्थापक सुरेन्द्र भट्ट , बिद्यालय ब्यवस्थापन समिती दिपक राज शर्मा, गंगा बस्नेत, बिद्यालयका प्र्रध्यानाध्यापक शंकर कुमार आचार्य, सहायक प्रध्यानाध्यापक अच्युतदेव सिटौला, बरिष्ठ लेखा अधिकृत उद्धव अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
पोशाक बितरण कार्यक्रमको संयोजकमा मनोज कुमार पोखरेल र शिक्षक गोपी अधिकारीले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस