आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेदश नम्बर २ मा आफ्नै शासन हुने प्रदेश कानुनमन्त्री यादब

AuthorAP Khabar २०७५ मंसिर १४, शुक्रबार ( ५ साल अघि) ५६३ पाठक संख्या

AP संवादाता
जनकपुरधाम, मंसिर १४ : प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेशमा अब आफ्नै शासन हुने बताएका छन् । शुक्रबार कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रदेश नं. २ मा आफ्नै सरकारले आफ्नै शासन लागू गर्न लागिएको बताउनुभएको छ ।
उहाँले विपन्न र सीमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धि अन्तर्गतको सुरक्षा र न्याय क्षेत्रको सरोकारबालाहरुको प्रदेश स्तरीय सम्मेलनको क्रममा कानुमन्त्री यादवले प्रदेशको ८ ओटै जिल्लामा कानुनी सल्लाहकारको नियुक्ती दिएको जानकारी दिनुभयो ।
प्रदेश कानुनमन्त्री यादव प्रदेशको ८ वटै जिल्लामा नियुक्त गरिएको कानुनी सल्लाहकारले अति विपन्न, पहुँचबाट टाढा रहेका जनता, सीमान्तकृत समुदायले निःशूल्क सेवा लिन सकिने बताउँदै अब स्थानीय तहमा समेत कानुन सहजकर्ता पठाउन लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस