आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको मिल्क फुड डेरी प्रोडक्टको उत्पादन कमसल

AuthorAP Khabar २०७५ मंसिर १४, शुक्रबार ( ५ साल अघि) ११२० पाठक संख्या

AP संवादाता

जनकपुरधाम, मंसिर १४ : धनुषाको जनकपुर र महेन्द्रनगर बजारको अनुगमनमा म्याद गुज्रेको र प्रतिबन्धित खाद्यवस्तु बिक्रीका लागि राखिएको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनकपुर र महेन्द्रनगरमा गरेको बजार अनुगमनमा म्याद गुज्रेको र प्रतिबन्धित खाद्यवस्तु बिक्रीका लागि राखिएको फेला परेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले महेन्द्रनगरको न्यु सीताराम डेरी उद्योग, लक्ष्मिनियाको मिथिला डेरी इन्डस्ट्रिज र जनकपुरको जानकी डेरी उद्योगको अनुगमन गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रविण तिवारीका अनुसार धेरैजसो खाद्य पदार्थमा लेवल समेत नटाँसिएको पाइएको छ । महेन्द्रनगरको सीताराम डेरी उद्योगले लेवलै नटाँसी दही र पनिर बिक्री गरिरहेको भेटिएपछि अनुगमन टोलीले त्यस्ता खाद्य पदार्थ जफत गरेको छ ।

खाद्य निरीक्षक तिवारीका अनुसार सीताराम डेरीबाट लेवल नटाँसिएको १ केजीको – प्याकेट दही र पनिर जफत गरिएको हो । महेन्द्रनगरकै सुरज किराना स्टोर्सबाट न्यून गुणस्तरको घ्यू टोलीले बरामद गरेको छ ।

अनुज्ञापत्र नलिएर स्टोर्सले सनपापडी बिक्री गरेको समेत पाइएको तिवारीले बतानुभयो । सुरज किराना पसलमा लेवल नरहेको पाउरोटी समेत बिक्री गरेको पाइएको थियो । महेन्द्रनगरको धनलक्ष्मी किराना भण्डारमा न्यून गुणस्तरको ९ थान घ्यूको प्याकेट बरामद गरेको छ ।

यसैगरी बाराको मिल्क फुड डेरी प्रोडक्टले उत्पादन गरेको एमडिएच ब्रान्डको घ्यू कम गुणस्तरको पाइएको अनुगमन टोलीले जनाएको छ । धनलक्ष्मी किराना पसलमा नेपालमा बिक्रीवितरण र सेवनमा समेत प्रतिबन्ध लगाइएको खेसरीको दाल समेत बिक्रीका लागि राखिएको भेटिएको छ ।

अनुगमन टोलीले पसलमा रहेको प्रतिबन्धित खेसरीको १५ केजी दाल जफत गरेको छ । उक्त किराना पसलबाट म्याद गुज्रेको २१ प्याकेट ओरेन्ज ब्रान्डको नुडल समेत टोलीले जफत गरेको छ ।

यस्तै, धनुषाको लक्ष्मीनियामा रहेको मिथिला डेरी उद्योगले अनुमतिपत्र नवीकरण नगरेको फेला परेको छ । डेरी उद्योगले दुूधको प्याकेटमा लेवल उल्लेख नगरेको, उद्योगभित्र अखाद्य हाइड्रो फेला परेको र उद्योग फोहोरमय रहेको अनुगमन टोलीले जनाएको छ  ।

महेन्द्रनगरको माँ गायत्री ट्रेडर्सबाट म्याद गुज्रेको कोक, फेन्टा र स्प्राइट २५ बोतल र १५ प्याकेट फ्रुटी जुस समेत जफत गरेको खाद्य निरीक्षक तिवारीले जानकारी दिनुभयो । उहाँले यस्ता उद्योगहरुलाई समेत नियम अनुसार कारवाहि गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस