आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल रजक सेवा समाजद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग ।

AuthorAP Khabar २०७५ मंसिर १५, शनिबार ( ५ साल अघि) ७०५ पाठक संख्या

श्याम कुमार साफी,
साउदी अरब  : नेपाल रजक सेवा समाज कतारले हाँसपुर नगरपालिका वार्ड ८ भतही धनुषाका एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । गरिबीको कारण आर्थिक संकटमा रहेका गुलेसर साफीलाई समाजले नगद ३० हजार रुपैया आर्थिक सहयोग गरेको हो । समाजका पदाधिकारीहरु उहाँको घरमा पुगि नगद हस्तान्तरण गरिएको अध्यक्ष कुल्दिप रजकले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार रजक सेवा समाज साउदी अरब, कतार, दुबई मलेसिया लगायतका देशहरू कृयाशिल रहेको छ ।
१ छोरा र ३ छोराछोरीको पढाइ लेखाईमा सहयोग पुग्ने हेतुले रकम संकलन गरि सहयोग गरेको हो ।समाजले सफि परिवार जस्ता गरिव तथा विपन्न परिवारलाई सहयोग पुर्याउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस