आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्व एड्स दिवसको अवसरमा जीतपुमार ¥याली

AuthorAP Khabar २०७५ मंसिर १५, शनिबार ( ५ साल अघि) ७१५ पाठक संख्या

AP डेस्क
जतीपुर, मंसिर १५  : विश्व एड्स दिवस बारामापनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व एड्क दिवसकै अवरसर पारेर बाराको जीतपुरमा एक दिने अनुशिक्षण तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जीपतुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख कृष्ण पौडेलले समाजको शान्ति शुरक्षा, समाजिक विकासका निम्ती यो नगरपालिका सधै सबैको सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले समाजका हरेक नागरीक समाजिक, मानिषक र शारीरिकका साथै आर्थिक रुपले सबल नभएको यस नगरको विकास नहुने बताउँदै नगर भित्र रहेको युवालाई लागुऔषधका साथै दुरब्यसनीबाट टाढा राख्दै उनिहरुलाई एड्स जस्तो घातक रोगको सिकार हुननदिन अभियान संचलान गर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख पौडेलले एड्सबाट पिडितलाई केहि गर्न सबेले मिलेर हौसला दिनसके उनिहरुलेपनि गर्न सक्नु्का साथै धेरैदिन बाच्ने जानकारी दिनुभयो । राईज एबोभ शाखा कार्यालय जीपुरका अध्यक्ष ईशार्द आलमको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा केयर भिजन स्कुलको सहकार्य रहेको थियो ।
कार्यक्रममा जीपतुरसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, जीतपुरसिमरा नगरउदोग वाणिज्य संघका अध्यक्ष संजय साह, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरिक्षक सुवास हमालले एड्स जस्तो घातक रोगबाट बच्न केकस्तो काम गर्नुपर्ने कुरामा जोडदिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस