आज:  २०८२ अषाढ ६, शुक्रबार | Fri, 20, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जको घण्टाघर चोक भएको रक्तदानमा ८८ जनाद्धारा रक्तदान

AuthorAP Khabar २०७५ मंसिर १५, शनिबार ( ६ साल अघि) ५२७ पाठक संख्या

तिवारी यादब
वीरगंज, मंसिर १५ : लायन्स क्लब अफ वीरगन्ज र लायन्स क्लब वीरगन्ज सेन्ट्रल सिटीको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जको घण्टाघर चोकमा भएको रक्तदानमा १७ जना महिला सहित ८८ जना भन्दा बढीले रक्तदान गरेका छन् ।
रतmदान गर्नेहरुमा अरुषा श्रेष्ठ, वास्नामाया श्रेष्ठ, स्वेता श्रीवास्तव, पुजा कुशवाहा, बर्षा पाण्डे,रम्भा देवी, प्रमिता श्रेष्ठ,शिवानी पटेल, रिना पटेल, मोनिका महतो, युवा पत्रकार तिवारी यादव ,अरबिन्द सिंह, राजन श्रीवास्तव लगायतका रहेका छन ।
लायन्स क्लब अफ वीरगन्जका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, विशिष्ट अतिथि नेकपाका युवा नेता रहबर अन्सारी,कार्यक्रम संयोजक दिगम्बर थापा, रतm संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, गुडी जोशी, लियो क्लब अफ वीरगंज पुर्व अध्यक्ष सरीता खडगी , रिसभ अग्रवाल, दिपेन्द्र यादव, निकेश श्रेष्ठ , मेराजुल हवारी, सिमोन गुरुंग , अंजली गर्ग ,शार्दा प्रधान दास लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस