आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थानमिाई सामुदायीक बन उपभोक्ता समुहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

AuthorAP Khabar २०७५ मंसिर १५, शनिबार ( ५ साल अघि) ५७९ पाठक संख्या

AP डेस्क
जीतपुर, मंसिर १५ : डिभिजन बन कार्यालय बाराका प्रमुख ज्ञानेन्द्र मिश्रले सबैको साझा सम्पतीको रुपमा रहेको बनको संरक्षणमा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभएको छ । बाराको सिमरा स्थित थानमिाई सामुदायीक बन उपभोक्ता समुहको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै मिश्रले सुन्दर जीवनको परिकल्पना प्राकृतीकको सौन्दर्यबाट मात्रै हुने र त्यो सौन्दर्य बनबाट प्राप्त हुनेभएकोले बनको संरक्षणमा सबैलाई लाग्न उहाँले सबैलाई आग्रह गर्नुभएको थियो ।
थानमिाई सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष माधव त्रिपाठीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जनहित उपभोक्ता समुहका अध्यक्ष अमृतलाल श्रेष्ठ, मुसहर्निमाई बन उपभोक्ता समुहका अध्यक्ष कुवेर न्योपाने लगाएतको उपस्थिती रहेको थियो ।
१३ औँ साधारण सभाको अवसरमा थानमिाई सामुदायीक बन उपभोक्ता समुहले आफ्ना सदस्य तथा सदस्याका जाहेन्दार विद्यार्थीलाई नगदले पुरस्कृत गरेको छ ।
श्याम कृष्ण सुवेदिको सहजिकरणमा सम्पन्न कार्यक्रममा अम्बीका श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस