आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वमन्त्री पक्राउ

AuthorAP Khabar २०७५ मंसिर १५, शनिबार ( ५ साल अघि) ४९८ पाठक संख्या

काठमाडौं , मंसिर १५  : एसिया प्यासिफिक समिटको विरोधमा उत्रिएका पूर्वमन्त्रीसहित २६ जना पक्राउ परेका छन् । उनीहरुलाई चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पूर्वमन्त्री विराज विष्टसहित २६ जना छन् । चाबहिलमा गरिएको एसिया प्यासिफिक समिट र इसाइ सरकारविरूद्ध विरोध कार्यक्रमस्थलबाटै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विष्ट, श्याम केसी, श्यामप्रसाद घिमिरे, कमल विष्ट, माधवप्रसाद भण्डारी, सपना अर्याललगायत छन् । उनीहरुले ‘जिससकी एक मात्र छोरी’ घोषणाविरूद्ध विरोध कार्यक्रम गरेका थिए। पक्राउ परेका सबै गौशाला प्रहरी नियन्त्रणमा छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस