आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एक पुल, जसले दुई मुलुकको भाग्य फेरिदियो

AuthorAP Khabar २०७५ मंसिर १५, शनिबार ( ५ साल अघि) ३९४ पाठक संख्या

 काठमाडौं, मंसिर १४ : स्वीडेनका मानिसले यसलाई ओरेसन्ड्सब्रोन भन्छन् र डेनमार्कका मानिसहरूले ओरेसन्ड्सब्रोइन । तर, विश्वका अन्य धेरै मानिसहरुले भने यसलाई ‘द ब्रिज’को नामले मात्रै चिन्छन् ।

यो नाम विभिन्न पुरस्कार जितिसकेको नर्डिक नोयर नाटकबाट लिइएको हो, जसको मञ्चन १०० भन्दा धेरै देशमा भइसकेको छ ।

यो पुल विशाल छ । ८२ हजार टन वजनको यो पुल २०४ मिटर लामो धातुका दुई जाेडी खम्बाको भरमा टिकेको छ ।

पुलको डिजाइन विशेष छ । यो समुन्द्री सतहको माथि र तल दुवैतिर छ । सुरुङ सहित यसको लम्बाई १६ किलोमिटर छ, जुन युरोपको सबैभन्दा लामो पुलमध्ये एक हो ।

यो पुलले स्वीडेनको तेस्रो ठूलो शहर माल्मोलाई डेनमार्कको राजधानी कोपेनहेगनसँग जोड्छ । यसले ओरेसन्डको खाडीमा लामो डुंगा वा विमान सेवाको आवश्यकतालाई अन्त्य गरिदिएको छ ।

अनलाइन खबर

प्रतिक्रिया दिनुहोस