आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै राजधानीमा प्रर्दशन

AuthorAP Khabar २०७५ मंसिर १५, शनिबार ( ५ साल अघि) ५२८ पाठक संख्या

काठमाडौं, मंसिर १५: एसिया प्यासिफिक समिट भइरहेको बेला आज राजधानीमा सरकार विरुद्ध प्रदर्शन भएको छ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकालाई सरकारले न्याय दिन नसकेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । बालिकाको हत्या भएको लामो समय बितिसक्दा पनि न्यायको नपाएको भन्दै न्याय माग्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् ।

युवाहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको ब्यानर बोकेर माइतीघर मण्डलादेखि बानेश्वरसम्म सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।  बानेश्वरमा पुगेर प्रदर्शन कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा अधिकारकर्मी, विद्यार्थी, लगायत सयौं जनाको उपस्थिति रहेको थियो ।

रेडियो कान्तिपुर

प्रतिक्रिया दिनुहोस