आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘धुर्मुस–सुन्तली’को फिल्म !

AuthorAP Khabar २०७५ मंसिर १६, आईतबार ( ५ साल अघि) ७३३ पाठक संख्या

काठमाडौं, मंसिर १६ :  हास्यकलाकारका रुपमा पहिचान बटुल्नु भएका ‘धुर्मुस’ अर्थात् सिताराम कट्टेल र ‘सुन्तली’ अर्थात् कुञ्जना घिमिरे यतिबेला सामाजिक काममा निकै व्यस्त छन् । उहाँहरुले भुकम्पपीडितहरुको घाउमा मल्हम लगाउने देखि विभिन्न ठाउँमा बस्ती निर्माण गरेका छन् । नेपाली जगतमा एक व्यक्तिले गरेको यो कार्यको चौतर्फी प्रशंसा हुने गरेको छ ।

कट्टेलले काठमाडौंको एक कार्यक्रममा पछिल्लो समय चलचित्र निर्माणको तयारीमा लागेको बताउनुभएको छ । स्क्रिप्ट लेखनको कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले केही समयमा यसलाई बाहिर ल्याउने बताउनुभएको हो । हरेक विद्यामा सफल बन्नुभएका जोडीको चलचित्र कस्तो रहन्छ भन्दै दर्शक दिर्घामा खुल्दुली पलाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस