आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मरुभूमिबीच यति ‘सुन्दर’ गाउँ

AuthorAP Khabar २०७५ मंसिर १७, सोमबार ( ५ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं , मंसिर १७ संसारका केही ठाउँ यस्ता हुन्छन् जुन ठाउँ हेर्दा मात्र होइन, त्यस ठाउँबारे जान्दा पनि रमाइलो लाग्छ । आज हामी त्यस्तै ठाउँमध्येको पेरुको एक सुन्दर गाउँ हुकाचाइनाबारे जानकारी दिन गइरहेका छौँ । यो गाउँ टाढाबाट हेर्दा थ्रिडी पेन्टिङ जस्तै देखिन्छ ।

मरुभूमिबीच रहेको यो गाउँ हेर्न हजारौँ पर्यटक पुग्ने गर्छन् । यो गाउँमा होटल, पसल, सडक, बिजुलीलगायतका आधारभूत आवश्यकताका सम्पूर्ण सुविधा छन् । ९६ परिवारको यो गाउँ एकदमै सानो अनि सुन्दर छ ।

यो गाउँबाट सूर्यास्तको एकदमै सुन्दर दृश्य लिन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाउँको बीचमा एक पोखरी छ । यो गाउँको पोखरीको पानीमा नुहाउनाले विभिन्न प्रकारका रोगबाट मुक्ति पाउने धार्मिक विश्वास छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस