आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोटरसाइकल दुर्घटना: तीनको मृत्यु

AuthorAP Khabar २०७५ मंसिर १७, सोमबार ( ५ साल अघि) ५८६ पाठक संख्या

कैलाली , मंसिर १७ :  आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।टीकापुर नगरपालिका–७ खैरीमा राति ८ः३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

यस्तै, टीकापुर नगरपालिका २ बन्दीपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अस्नेहरीका आशिष चौधरी मृत्यु भएको छ । घाइते चौधरीलाई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस