आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

५० वर्षदेखि कुदिरहेका रामकृष्ण

AuthorAP Khabar२०७५ मंसिर १७, सोमबार (५ साल अघि) ४६७ पाठक संख्या

काठमाडौं , मंसिर १७ :  एक धावक, जो ६२ वर्षको उमेरसम्म पनि थामिएका छैनन्, थामिने योजनामा पनि छैनन् । आफ्नो व्यक्तिगत पैसा खर्च गरेर विदेशमा प्रतिस्पर्धा गर्न पुग्छन् र उपाधि जितेर देशको नाम राख्छन् ।

उनका दौंतरीहरु कोही अस्पतालको लाइन भेटिन्छन् त कोही यो खाने यो नखानेको तालिकामा घोत्लिन्छन् । उनी भने बिहान साढे ४ बजे दौडन निस्किसक्छन् । सोह्रखुट्टे नयाँ बजारबाट लैनचौर, लाजिम्पाट, पानीपोखरी, तालिमकेन्द्र हुँदै नारायणगोपाल चोक पुग्छन् । त्यहाँबाट बाँसबारी पुग्छन् र उही बाटो फर्कन्छन् ।

रामकृष्ण महर्जन यसरी दौडन थालेको ५० वर्ष भयो । ‘अहिले हावापानी पनि दौडन उपयुक्त खालको छ । काठमाडौंको सडकमा पहिलाभन्दा धुलो त बढेको हो तर, पनि यहाँ दौडन रमाइलो लाग्छ,’ बिहान दौडिरहेकै बेला भेटिएका उनले सुनाए ।

यो ५० वर्षे दौड यात्राका क्रममा धावक रामकृष्णले नेपालमा मात्रै होइन, विदेशमा पनि आफूलाई चिनाएका छन् । विभिन्न २२ देशमा २५ भन्दा धेरै प्रतियोगितामा सहभागी भइसकेका छन्, जसमध्ये केही प्रतियोगितामा उपाधि जितिसकेका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस