आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मस्कोमा रुस–नेपाल काव्य संगम

AuthorAP Khabar २०७५ मंसिर १७, सोमबार ( ५ साल अघि) ४८८ पाठक संख्या

मस्को , मंसिर १७ : रुसको राजधानी मस्कोमा विश्व नेपाली साहित्य महासंघ रूस शाखा तथा रूस लेखक संघ मस्को नगर संगठनको संयुक्त आयोजनामा रूस–नेपाल काव्य संगम सम्पन्न भएको छ । समारोहमा ९ आधुनिक रुसी कविहरुका २३ नेपाली तथा रुसी भाषामा बाचन गरिएका थिए । वाचन गरिएका कविताहरु ‘रूसी काव्यपल्लव’ नामक पुस्तकमा प्रकाशित छन् ।

कार्यक्रममा उक्त पुस्तकको लोकार्पण पनि गरिएको थियो । कविता वाचनको रुसी संस्करण स्वयं कवि–कवियत्रीहरुले गरेका थिए भने नेपाली बाचन रुसका साहित्य प्रेमी नेपालीहरुले गरेका थिए ।

कार्यक्रममा विश्व साहित्य महासंघका केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ, रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा रूसी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बोरिस रिआबुखिनको उपस्थिति थियो । कार्यक्रममा रुसी साहित्य शास्त्रमा महाविद्यावारिधिको प्राज्ञिक उपाधिप्राप्त प्राच्यविद अलेक्सान्द्र सेन्केभिच, राजकीय दुमामा सल्लाहकार गेन्नाडी आभ्दाएभ, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य एकनारायण चापागाईं, रूस–नेपाल सहयोग तथा मैत्री समाजका उत्तरदायी सचिव बोरिस भेशेर्निन प्रभृति विभिन्न रूसी तथा नेपाली सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा रूसी गायिकाहरूले रूसी गीत तथा कविता गाएका थिए । केही कवितामाथि गरिएको छायांकनलाई म्युजिक भिडियोका रुपमा प्रस्तुत गर्दा रुसी कविहरु निकै खुसी देखिन्थे ।

कार्यक्रममा मस्कोस्थित नेपाली राजदूतावासमा कार्यरत कुमारबहादुर श्रेष्ठले रुस–नेपाल सम्बन्धका विषयमा लेखिएको कविता प्रस्तुत गरेका थिए । कवयित्री कला पोखरेल दाहालले रूसी अनुवादमा जीवन शिर्षकको गजल प्रस्तुत गरेकी थिइन् । कवि दिगम्बर भट्ट। गोविन्दप्रसाद गौैतम र डा. मगमूर्ति भुर्तेलले पनि अनुदित कविता वाचन गरेका थिए ।

कार्यक्रममा कृष्णप्रकाश श्रेष्ठले नेपालको नगरकोटमा रुसी जनकवि रासुम हाम्जातोमको शालिक हालसालै अनावरण गरिएको परिप्रेक्षमा नेपाली विषयमा लेखिएको कृतिको नेपाली अनुवादलाई मंगलाचरणको रूपमा प्रस्तुत गरेका थिए । केही अघि नगरकोटमा नेपाल–रुस सांस्कृतिक केन्द्रले नेपाल घुम्न आएका रुसी जनकवि रासुम हाम्जातोमको सानो शालिक स्थापना गरेको छ ।

समारोहमा रुसी कवयित्रीद्वय ल्युदमिला आभ्देएभा तथा नेल्ली कोपेइकिनाबाट कृष्णप्रकाश श्रेष्ठप्रति समर्पण गरिएका कविता वाचन गरेका थिए भने अन्य कविहरूले पुस्तकमा प्रकाशित आ–आफ्ना कविता वाचन गरेका थिए ।

कार्यक्रम सञ्चालनका लागि रूस लेखक संघकी सदस्य एवं कवयित्री ताच्याना चेग्लोभा तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाका महासचिव डा. मगमूर्ति भुर्तेलले सूत्रधारको भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस