आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलात्कारपछि फरार अभियुक्त पक्राउ

AuthorAP Khabar २०७५ मंसिर १७, सोमबार ( ५ साल अघि) ४५७ पाठक संख्या

पर्वत , मंसिर १७ पर्वतकी एक किशोरीलाई बलात्कार गरी फरार रहेका भारतीय एक नागरिकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ ।
भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल फलेवासमै बसोबास गर्दै आइरहेका २२ वर्षीय सद्रे आलम पक्राउ परेका छन् ।

आलमले फलेवास नगरपालिका ५ खानीगाउँकी एक जना १३ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको थियो । फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई पर्वतबाट नै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानाकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त आलमले किशोरीलाई गएको साउन १७ गते दिउँसो २ः३० बजे अर्की एक महिलाको कोठामा र अन्य समयमा आफ्नै कोठामा पनि ललाइफकाई विभिन्न प्रलोभनमा पारेर करणी गरेको खुलेको छ । आलमलाई आइतबार पर्वत जिल्ला अदालतबाट यौनजन्य प्रकृतिका अपराधअन्तर्गत करणीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानको लागि ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस