आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यटन प्रबद्र्धनका लागि प्रदेशस्तरीय अन्तरकृया कार्यक्रम ।

AuthorAP Khabar २०७५ मंसिर १७, सोमबार ( ५ साल अघि) ४७९ पाठक संख्या
AP डेस्क
सिमरा,  मंसिर १७ :नेपाल प्रयटन बोर्डले पर्यटन प्रबद्धन गर्न बाराको सिमरामा प्रदेश नम्बर २ स्तरीय सरोकारवालाहरुसंग एक दिने अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउन लिएको लक्ष्यलाई पुरा गर्न यस कार्यक्रमको आयोजना गरीएको हो ।
भारतका सिमावर्ती शहरहरु लक्षित आसन्न गन्तब्य र ब्यावसाय प्रबद्र्धन भन्ने उद्धेश्यका साथ यस कार्यक्रमको आयोजना गरीएको नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले जानकारी दिनुभयो । उहाँले नेपालको पर्यटन बजारको रुपमा रहेको भारतीय पर्यटकलाई नेपालमा र खास गरी प्रेदश नम्बर २ का धार्मिक एवम एतिहासिह स्थल सम्म ल्याउन गर्न सकिने पहल र सम्भावनाका बारेमा स्थानिय सरोकारवालाहरुसंग छलफल गरीएको बताउनुभयो ।
प्रबन्धक भट्टराईले प्रदेश नम्बर २ लाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न २ करोड भन्दा बढि रकम विनियोजित गरेको जानकारी दिदै चालु आर्थिक वर्षले निर्देशीत गरेको कार्यक्रममा लक्षित रहेर कार्यक्रमको प्रभावकारिता अभिबृद्धि गर्न यस कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा भिजिट मधेशका अभियन्ता ओमप्रकाश सराफले प्रदेश नम्बर २ मा रहेको पर्यटनका स्थलहरुलाई अन्तराष्ट्रिय स्तरमा बेचन नसकेको बताउनुभएको छ । उहाँले मधेशमा राज्यले पर्यटन प्रबद्धन गर्न कुनै ठोस योजना लिएर नआएको बताउदै आफ्नो भिजिट मधेश अभियानले खास गरी प्रेदश नम्बर २ मा रहेका पर्यटनका सम्भावनालाई विश्व बजारसम्म पु¥याउने काम गरी रहेको जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्डले प्रदेश नम्बर २ लाई पर्साको रानिपोखरी, घडिअर्वा पोखरी, बाराको गढिमाई मन्दिर, सिम्रोगढ दरबार, रौतहटको मरघर सिमसार हुदै धनुषाको जानकी मंदिर सम्म जोड्न सकिने साथै पार्स राष्ट्रिय निकुञ्ज हुदैँ चितवन राष्ट्रिय निकुञ्ज र नेपालका विभिन्न स्थानमा पर्यटकलाई पु¥याउन सकिने सम्भावनालाई प्रस्तुत गरेको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघ बाराका अध्यक्ष संजय साह, होटलब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लगाएत विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस