आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घट्याे पेट्रोल र डिजलको मूल्य

AuthorAP Khabar २०७५ मंसिर १८, मंगलबार ( ५ साल अघि) ३८७ पाठक संख्या

काठमाडौं, मंसिर १८ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । साेमबार साँझ बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको मुल्य २–२ रुपैयाँका दरले घटाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा झरेको छ । भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको निगमले जनाएको छ । साेमबार १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमबाट पेट्रोल, डिजेल तथा मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ प्रति लिटरका दरले घटाएर समायोजन गरेको हो ।

मूल्य समायोजनपछि काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको ११२ रुपैयाँ प्रति लिटर, डिजेल र मट्टितेलको ९९ रुपैयाँ प्रति लिटर र अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत रहेको छ । अहिले कच्चा तेलको मूल्य अत्यन्त अस्थिर भएकाले नेपाल आयल निगमले नयाँ र स्वचालित प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने जनाएको छ ।

निगमका अनुसार मूल्य समायोजनपछि पनि भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १२–३२ रुपैयाँप्रति लिटरले र डिजेल १५–७१ रुपैयाँ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस