आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

७ वर्षीय बालकको कमाइ २ अर्ब ४७ करोड !

AuthorAP Khabar २०७५ मंसिर १८, मंगलबार ( ५ साल अघि) ४५६ पाठक संख्या

काठमाडौं , मंसिर १८ : तपाईलाई पत्यार नलाग्न सक्छ, सात वर्षको उमेरमा यति राम्रो कमाई हुन्छ भनेर । तर, यहाँ त्यस्तै भएको छ । नन्हे रेयान सात वर्षका बालक हुन् । उनी हरेक हप्ता खेलौनाको रिभ्यू गरेर युट्यूबबाट राम्रो आम्दानी गरिरहेका छन् । रियानले गएको वर्ष ११ मिलियन डलर कमाएका थिए । तर यो वषै उनको कमाइ २२ मिलियन डलर अर्थात् २ अर्ब ४७ करोड रुपैयाँ भएको छ ।

उनको भिडियो युट्यूबमा करोडौं मानिसले हेर्ने गरेका छन् । उनी रेयान टोयजरिभ्यू नामको युट्यूब च्यानल चलाउँछन् । यो यूट्यूब च्यानलबाट रेयानले भ्यूअर्सलाई खेलौनाको दुनियामा लैजान्छन् । फोर्ब्स् म्यागाजिनले उनलाई सन् २०१७ मा अधिक भुक्तानी पाउनेको सूचीमा राखेको थियो ।

सन् २०१५ मार्चमा सुरु भएको रेयान टोयजरिभ्यूको भिडियो अहिलेसम्म १६ अरबभन्दा बढी मानिसले हेरिसकेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस