आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मैजिक भ्यानको ठक्करबाट मोटरसाईकल सवारको घटना स्थल मै मृत्यु

AuthorAP Khabar २०७५ मंसिर १८, मंगलबार ( ५ साल अघि) ३८२ पाठक संख्या
AP सम्वादाता
बीरगन्ज , मंसिर १८ : बीरगन्ज पोखरिया सडक खण्डको बरिया गाउँ नजिकै मोटरसाईकल र मैजिक भ्यान ठोकिदा एक जनाको घटना स्थल मै मृत्यु भएको छ । तिब्र गतिमामा रहेको मैजिक भ्यानले ठक्कर दिदा मोटरसाईकल सवार पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया निवासी भनु मुखिया बीनको घटना स्थल मै मृत्यु भएको हो ।
बीरगन्जबाट पोखरिया गइरहेको ना१ ज८०२४ नम्बरको मैजिक अनियंत्रित हुदा विपरित दिशाबाट अाईरहेको ना१२ प ५३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटना विहानको ७ बजे भएको र स्थानियले प्रहरीलाई तत्काल खबर गरेपनि ईलाका प्रहरी कार्यालय पोखरियाको टोली ९ बजे पुगेको थियो । प्रहरी ढिलोगरि घटना स्थलमा पुगेको विरूधमा अहिले स्थानियले बीरगन्ज पोखरिया सडक खण्ड अवरूधगरि प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस