आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बर्षा र आकाशको दोस्ती

AuthorAP Khabar २०७५ मंसिर १८, मंगलबार ( ५ साल अघि) ४६६ पाठक संख्या

काठमाडौं, मंसिर १८ : नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठको दोस्ती अहिले गज्जबको देखिन थालेको छ । बर्षा र आकाशले एउटा भिडियोमा सँगै काम गरेका छन् । यसपछि उनीहरु नजिक देखिएका हुन् । बर्षा राउतले इन्स्टाग्राममा राखेको भिडियोमा पनि उनी र आकाशको मित्रता फराकिलो बनेको भान हुन्छ ।

नायक आकाश श्रेष्ठ चलचित्र ‘रामकहानी’मा काम गरेपछि दर्शकको नजरमा परेका हुन् । उनी र नायिका पूजा शर्मा पनि नजिक देखिन्छन् । पूजा र बर्षा राउतको मित्रताको बारेमा त सिंगो चलचित्र नगरीलाई नै थाहा छ ।

यसैले पनि बर्षासँग आकाश नजिक भएको हुनसक्छ । तर, अब निर्माताले बर्षा र आकाशको जोडीलाई लिएर चलचित्र बनाउने सोच बनाएको खण्डमा त्यसले पक्कै पनि हाइप भने बनाउनेछ  ।

प्रतिक्रिया दिनुहोस