आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इन्फ्रास्टक्चर बैंकको सीईओ बने अनिल ज्ञवाली

AuthorAP Khabar २०७५ मंसिर १८, मंगलबार ( ५ साल अघि) ५३० पाठक संख्या

काठमाडौं, मंसिर १८ : नेपालकै सबैभन्दा धेरै पूँजीको बैंक, नेपाल इन्फ्रास्टक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् ।सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले ज्ञवालीलाई २ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै ज्ञवालीले सोमबार नै कार्यभार समेत सम्हालेका छन् ।
ज्ञवालीले दुई पटकसम्म ग्लोबल आईएमई बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् । तर, उनी कार्यकाल बाँकी रहँदै २०७२ सालमा राजिनामा दिएर त्यहाँबाट बाहिरिएका थिए ।

बैंकले यस अघि नायव प्रमुख कार्यकारी अधिकृतमा सीए भुपेन्द्र पाण्डेलाई नियुक्त गरेको थियो ।
पाण्डे राष्ट्रिय वाणिज्य बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएर यस बैंकमा आएका हुन् ।
नेपाल इन्फ्रास्टक्चर बैंक औपचारिक रुपमा सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको बैंक हो ।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित सञ्चालनमा आउन लागेको यस बैंकको २० अर्ब रुपैयाँ चुक्ता पूँजी हुने गरी नेपाल राष्ट्र बैंकले सञ्चालनका लागि प्रारम्भिक सहमति प्रदान गरिसकेको छ ।

नेपाल सरकारको समेत लगानी रहने यो बैंक सञ्चालन पश्चात नेपालकै सबैभन्दा धेरै पूँजी भएको बैक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस