आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘प्रसाद’बाट हटाइयो निश्चलको सीन

AuthorAP Khabar २०७५ मंसिर १८, मंगलबार ( ५ साल अघि) ४९२ पाठक संख्या

काठमाडौं, मंसिर १८ : मंसिर २१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रसाद’को एक तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा चलचित्रका मुख्य कलाकारमध्येका एक निश्चल बस्नेत रक्सीको नशामा देखिएका छन् । दरबारमार्गको सडकपेटीमा देखिएका निश्चलको हातमा मदिराको बोत्तल देखिएको छ । तर निश्चलको यो सीन चलचित्रमा भने छैन । निश्चलले आफ्नो सामाजिक सञ्जालमा राखेको जानकारी अनुसार यो सीन चलचित्रबाट हटाइएको छ ।

दिनेश राउतको निर्देशनमा बनेको चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् । पत्रकार सुशील पौडेलको लेखनमा रहेको चलचित्रमा सुवास भुषालको संगीत छ । चलचित्रको यसअघि सार्वजनिक दुई गीतहरुलाई दर्शकहरुले अत्याधिक मनपराइरहेका छन् । चलचित्रमा निश्चल बस्नेतको साथमा नम्रता श्रेष्ठ, बिपिन कार्की, बसुन्धरा भुषाल, विनोद भट्टराई, प्रकाश गन्र्धव लगायतका कलाकारहरुको मुख्य भुमिका छ ।

प्रतिक्रिया दिनुहोस