आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तपाइँले थाहा पाउनु भएको छ ? चीनबारे यी १३ रोचक कुरा

AuthorAP Khabar २०७५ मंसिर १८, मंगलबार ( ५ साल अघि) ४३१ पाठक संख्या

एजेन्सी,, मंसिर १८ : सुपर पावरको बाटो रहेको चीनको कमान एक पटक फेरि सी जिनपिङ्गको हातमा पुगेको छ । सी जिनपिङ्ग विस्तारै विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति बन्ने बाटोमा छन् ।

आफ्नो देशभित्रै पनि जिनपिङ्गको उचाइ कम्युनिस्ट पार्टीका पहिलो नेता माओत्से तुङ्ग बराबर भएको छ । सी जिनपिङ्ग पुन नेतृत्वमा पुगेपछि अहिले विश्वको ध्यान चीनमा छ । डोनाल्ड ट्रम्प उदाएपछि अमेरिकामा लडखडाइरहँदा चीन सीको नेतृत्वमा सुपर पावर बन्ने अनुमान गरिएको छ ।

चीनबारे जान्नैपर्ने १३ कुरा

१) अमेरिकाले सय वर्षमा जति सिमेन्टको प्रयोग गरेको थियो, चीनले त्यो भन्दा पनि धेरै सिमेन्ट सन् २०११ देखि २०१३ को बीचमा प्रयोग गरेको थियो । चीनले यी तीन वर्षभित्र ६,६१५ मिलियन टन सिमेन्टको प्रयोग पूर्वाधार विकासमा लगाएको थियो ।

२) २००० ईसा पूर्वको आसपास आईस्क्रिमक खोज सबैभन्दा पहिले चीनमै भएको थियो । पहिलो आइस्क्रिम दूध र चामल मिसाएर बनाइएको थियो ।

३) नेपाल भन्दा ६७ गुणा ठुलो भए पनि चीन एउटै मात्र टाइम जोनमा रहेको देश हो ।

४) चीनमा बढ्दो वायु प्रदुषणका कारण त्यहाँ शुद्ध हावाको क्यान बेच्न थालिएको छ। शुद्ध हवा पाँच युआन प्रति क्यान बेच्ने गरिएको छ। शुद्ध हावा तीन प्रकारका छन् । १) ‘तिब्बतको असली हावा’, २) क्रान्तिकारी याहयान र, ३) पोस्ट-इन्डस्ट्रियल ताइवान ।

५)हामीले चाउमिन या अन्य परिकारसँग खाने ससको प्रयोग पनि चीनबाटै सुरू भएको थियो । त्यसैगरी मसालेदार माछाको सस पनि यहीँको उत्पादन हो ।

६) फुटबल खेलका लागि चीनलार्इ नै श्रेय दिइन्छ।   फिफाका आठौँ अध्यक्ष सेप ब्लाटरले पनि फुटबलको सुरूवातका लागि चीनलार्इ नै श्रेय दिएका थिए । विज्ञहरूका अनुसार चीनमा फुटबलको खोज दोस्रो र तेस्रो शताब्दीमा भएको थिययो ।चीन आधिकारिक रूपमा नास्तिक देश हो । तर यहाँ इटलीको जनसंख्या भन्दा धेरै ईसाई धर्मावलम्बी छन् । चीनमा ईसाई धर्म मान्ने करिब ५ करोड ४० लाख मानिस रहेका छन् । जबकि इटलीमा ४ करोड ७० लाख मानिसको बसोबास छ । यही गतिमा जाने हो भने चाँडै नै चीन विश्वकै सबैभन्दा ठुलो ईसाई देश बन्न सक्नेछ ।

८) चिनिया कुकुरको पनि मासु खान्छन् । तर, केही वर्षयता यसमा व्यापक कमी आएको छ । अब चिनियाले कुकुर बिरालोलार्इ घरपालुवा जनवार बनाएर राख्न थालेका छन् । यहाँ मानिसको मन पर्ने मासु सर्पको पनि हो ।

९) चीनमा हरेक दिन औसत १७ लाख सुँगुर काटिन्छन् । चीनमा सुँगुरको मासु सबैभन्दा धेरै मन पराइन्छ । तर, थोर कमार्इ हुनेका लागि भने सुँगुरको मासु किन्न सजिलो भने छैन ।

१०) हङकङका चिनियाहरू एक एक दिन छुट्टी लिएर  आफ्ना  पूवर्जको चिहानको सफार्इ गर्न जाने गरेका छन् ।

११) परम्परागतरूपमा चीनका महिला रातो रंगको लुगमा बिहे गर्छन् । रातो रंगलार्इ चीनमा भाग्यमानी रंग भनिन्छ । जबकि सेतो रंगलार्इ यहाँ मृत्युको प्रतीकका रूपमा लिइन्छ ।

१२) विश्वमा रहेका हरेक पाँचजना मानिसमा एकजना चिनियाँ रहेका छन् ।

१३) सन् १९७८ मा चिनिया कम्युनिस्ट पार्टीले पूँजीवादी बजार सिद्धान्त पेश गरेको थियो । जब १९८० को दशकमा चीनले जब आफ्नो बजार खोल्यो, तबदेखि चीन विश्वको सबैभन्दा ठुलो उत्पादक बनेको छ । चीनको अर्थव्यवस्था पछिल्लो तीन दशकबाट औसत १० प्रतिशतका दरले बढ्यो । यस्तो सन् २०१० मा रह्यो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस