आज:  २०८१ चैत्र ११, मंगलबार | Tue, 25, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

झाडू लिएर सफाइमा उत्रिए मुख्यमन्त्री

AuthorAP Khabar २०७५ मंसिर १९, बुधबार ( ६ साल अघि) ५०१ पाठक संख्या

जनकपुरधाम,मंसिर १९: विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रमा बृहत सरसफाइ गरिएको छ । बुधबार बाह्रविघा रंगभूमि मैदान, जनकी मन्दिर, राम मन्दिर, रामनन्द चोक लगायतका स्थानमा सफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीहरुको समेत सहभागिता थियो । मुख्यमन्त्री लालबाबु राउत आफैं झाडू लिएर सफाइमा खटिएका थिए ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विद्यार्थी, सामाजिक संघसंस्थाका साथै सुरक्षा निकायको पनि सफाइ कार्यक्रममा सक्रिय सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस