आज:  २०८२ माघ ४, शनिबार | Sat, 17, Jan, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

गायक प्रराज पौडेल र सुजता बर्माको नयाँ गीत ‘हे गोरी’ सार्वजनिक (भिडियो सहित)

AuthorAP Khabar २०७५ मंसिर १९, बुधबार ( ७ साल अघि) ७५४ पाठक संख्या

गायक प्रराज पौडेल र सुजता बर्माको नयाँ गीत ‘हे गोरी’ सार्वजनिक भएको छ ।

पछिल्लो समय एक पछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज पौडेल सांगीतिक बजारमा चर्चा बटुल्दै गरेका छन् ।

रानी म्युजिकको युट्युब मार्फत सार्वजनिक भएको ‘हे गोरी’ बोलको गीतमा गायक प्रराज पौडेल र सुजता बर्माको आवाज रहेको छ भने शब्द पुषकर पन्तको रहेको छ । यस्तै यस गीतको संगीत शंकर थापाको छ भने संगीत सम्योजन डिजे यलयक्स पौडेलको रहेको छ ।

उक्त भिडियोमा बुगी वुगी विजेता कविता नेपाली र पुषकर पन्त को अभिनय रहेको छ। जोति मगर, जोगिन्दर शिवशंकर प्रसाद रिजाल, प्रराज पौडेल, सिर्जना गुरुङ, नेत्र बानियाँ लगायतले पनि अभिनयमा साथ दिएका छन्।

अर्जुन अधिकारिको निर्देशनमा बनेको यस भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस