आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१२ मारिए १८ पक्राउ

AuthorAP Khabar२०७५ मंसिर १९, बुधबार (५ साल अघि) ४२६ पाठक संख्या

घाज्नी ,मंसिर १९: अफगानस्तानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकारी दिनु भएको छ ।

खोगीआनी जिल्लाको कैयौ गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारीलक्षित गत २४ घण्टाभित्र गरिएको हवाई र स्थल कारबाहीमा ती लडाकू मारिनुको साथै पक्राउ परेका नुरीले थप जानकारी दिनुभयो ।

साथै यस कारबाहीको क्रममा अन्य चार लडाकू घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । पक्राउ परेका १८ तालिबान लडाकूहरुलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस