आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीमतीलाई ‘पोर्न फिल्म’मा देखेपछि !

AuthorAP Khabar २०७५ मंसिर १९, बुधबार ( ५ साल अघि) ४६८ पाठक संख्या

काठमाडौं ,मंसिर १९:  भारतको बैंगलोरमा एक व्याक्तिले आफ्नो श्रीमतीले पोर्न फिल्म खेलेको आरोप लगाएका छन् । ती ३७ वर्षीय व्यक्तिले आफ्नी गर्भवती श्रीमतीलाई यस्तो आरोप लगाएका हुन् । साथमा श्रीमतीलाई लगेर उनी प्रहरीचौकी पुगेका थिए ।

टाईम्सले जनाए अनुसार ती व्यक्ति एक कमर्सियल कम्पनीमा डेलिभरीको काम गर्दछन् । प्रहरीले उनलाई सम्झाउने कोसिस गरेतापनि उनी पत्याएनन् । त्यो भिडियोमा खेल्ने आफ्नै श्रीमती भएको दाबी उनले गरेका छन् । खबरका अनुसार पति पोर्न फिल्मप्रति निकै नकारात्मक छन् । प्रहरीले उनलाई जति सम्झाएपनि मान्न तयार भएका छैनन् । पोर्न खेलेको आरोप लगाउँदै उनले श्रीमतीलाई धेरै पिटेका छन् ।

उनलाई काउन्सिलका निम्ति पठाएको छ । त्यो भिडियो भारतको नभई बाहिरको रहेको बताइएको छ । विवादपछि उनकी श्रीमती माइती बस्दै आएकी छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस