आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनहितद्वारा नेकपाका वरिष्ट नेता नेपाललाई पर्यटन प्रवद्वन गर्न प्रस्तावना पत्र ।

AuthorAP Khabar २०७५ मंसिर २०, बिहिबार ( ५ साल अघि) ८४२ पाठक संख्या

AP संवादाता

जीतपुर, मंसिर २० : पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत रहेको जनहित उभोक्ता समिति बाराले बुधवार नेकपाका वरिष्ठ नेता माधव नेपालसंग भेट गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका साथै जीतपुरसिमरा उपमहानगरपालिकामा पर्यापर्यटनको आधारहरु तैयार पार्ने कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन यस समितिले नेपालसंग भेट गरेको हो ।

भेटको क्रममा नेकपाका वरिष्ठ नेता नेपालले जनतालाई स्वरोजगार बनाउने यस कार्य (अभियान) मा अाफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

पुर्वप्रधानमन्त्री समेत रहनभएका नेता नेपालले कृषि र पर्यटनको माध्यमबाट मात्र देशलाई अार्थिक उन्नतिकोबाटोमा लग्न सकिने बताउदै कृषि र पर्यटन दुबैको लागि बारा उरवर भुमि रहेको बारामा पर्यटनको सम्भावना प्रबल रहेको जिकिर गर्नुभएको थियो ।

कार्यक्रममा जानहित उपभोत्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले नेत नेपाललाई प्रस्तावना पत्र दिदै विगत लामो समयदेखि बन संरक्षणमा काम गर्दै आएको यस समितिले वन–वन्यजन्तु र जौविक विभित्ताको संरक्षण गर्दै जलवायु परिवर्तनसंग सम्बन्धित चेतनामा बृद्धि गर्ने र स्थानियहरुलाई बन संरक्षणका साथै पर्यटनका माध्यमबाट आर्थिक विकासको बाटोमा अग्रसर गराउने उद्धेश्य सहित यस अभियानको सुरुवात गरेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेकपाका केन्दिय सदस्य दिनेश राई, जनहित समितिका भरत भुर्तेल, मुसहर्निमाई सामुदायीक बन समुहका अध्यक्ष कुवेर न्योपाने, भिमेश्वर सामुदायीक बन समुहका अध्यक्ष पेशलकुमार मुल्मी, चिनबहादुर पाख्रिन, राधाकृष्ण सामुदायीक बन समुहका सदस्य रामबहादुर कार्कि, जनजागरण सामुदायीक बन समुहका सचिव विपिन स्यांगबो, संचारकर्मि अनिल तिवारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस