आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालिकालाई स्वःआत्मरक्षा तालिम सिकाउँदै नगरपालिका

AuthorAP Khabar२०७५ मंसिर २०, बिहिबार (५ साल अघि) ५९१ पाठक संख्या

भक्तपुर , मंसिर २० : बलात्कार, बालिका हिंसा र दुव्र्यवहारका घटना बढ्दै गएपछि सुर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई स्वःआत्मरक्षा सिप प्रदान गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सुर्यविनायक नगरस्तरिय बाल कल्याण समिति, युवाका साथै आवाज नेपाल, युवालय र ओरेक नेपालको आयोजनामा मंगलबार र बुधबार दुईदिने बालिका सम्मेलनको आयोजना गरि आत्मरक्षा सम्बन्धी सिप प्रदान गरिएको हो ।

नगरपालिकाले आफ्नो १० वटै वडाका ११ देखी १९ वर्ष उमेर समुहका बालिकाहरुको सहभागितामा आत्मरक्षा सीप प्रदान गरी वडाका अन्य बालिकाहरुलाई पनि त्यो सिप र अनुभव प्रदान गर्ने र नगर क्षेत्रमा बालिका तथा किशोरी हिंसा अत्य गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।

प्रमुख थापाले नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट समेत बिनियोजन गरेकाले बालिकाहरुको हकहितमा नगरपालिका सक्रिय भएर कार्य गर्ने बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस