आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तापक्रम यो वर्षकै सबैभन्दा न्युन

AuthorAP Khabar २०७५ मंसिर २०, बिहिबार ( ५ साल अघि) ६०५ पाठक संख्या

काठमाडौं , मंसिर २० :  उपत्यकामा बिहीबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । बिहीबार बिहान उपत्यकको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको २ गते ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता बढेको थियो । बुधबार फेरि ६ डिग्री मापन गरिएको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्रीमा झरेको हो ।

जुम्लाको तापक्रम हिजो माइनस ४ डिग्री मापन गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो । विहीबार पहाडी भूभागको मौसममा बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया दिनुहोस