आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘नेतृत्वको मनपरीले पार्टी धरासायी बन्ने खतरा’

AuthorAP Khabar २०७५ मंसिर २०, बिहिबार ( ५ साल अघि) ४४५ पाठक संख्या

काठमाडौं , मंसिर २० : नेकपा सचिवालय सदस्य झलनाथ खनालले नेतृत्वकै अनिच्छाका कारण केन्द्रीय कमिटि बैठक बस्न ढिलाई भएको बताउनुभएको छ । पाटी र सरकारको समिक्षा गर्नका लागि केन्द्रिय कमिटिको बैठक बोलाउन पटक पटक आह्वान गरेपनि नेतृत्वले सो बिषयमा अनिच्छा देखाएको नेता खनालको आरोप छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले तत्काल केन्द्रिय कमिटि र सचिवालय बैठक बसेर सरकार र पाटीको भुमिकाको समिक्षा गर्नुपर्ने बताउनुभयो । नेता खनालले केन्द्रीय कमिटीको बैठक नबस्दा आन्तरिक किचलो बढ्दै गएको बताउँदै नेतृत्वको मनपरीले पार्टी धरासायी बन्ने खतरा रहेको औल्याउनुभयो ।

यता, नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजनमा समेत अन्यौलमा छाएको छ । मुख्य नेतृत्व जिम्मेवारी दिने बिषयमा सक्रिय नबन्दा समस्या आएको नेकपाका असन्तुष्ट नेताहरुको आरोप छ । पार्टी एकताको करिब ७ महिना पुग्नै लाग्दा समेत केन्द्रीय सदस्य जिम्मेवारी विहिन बनेर बसेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस