आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनहितद्वारा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्कालाई प्रस्तावना

AuthorAP Khabar २०७५ मंसिर २०, बिहिबार ( ५ साल अघि) ७०४ पाठक संख्या

 AP संवादाता

जीतपुर, मंसिर २० : पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत रहेको जनहित उभोक्ता समिति बाराले बिहीवार राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागमा प्रस्तावना पत्र बुझाएको छ । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तगत रहेको जनहित उपभोक्ता समितिका चार बन समुह जनजागरण सामुदायिक बन समुह, मुसहर्नीमाई सामुदायिक बन समुह, राधाकृष्ण सामुदायिक बन समुह र भिमेश्वर सामुदायिक बन समुहमा पर्यापर्यटनको आधारहरु तैयार पार्ने कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन यस समितिले विभागमा प्रस्तावना बुझाएको हो ।

पत्र बुझ्दै राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले विश्व बैंकले पर्यटनको क्षेत्र लगानि गरेको र त्यसमा पर्सा राष्ट्रिय निकुञ्जलाई विशेष प्रथमिक्तामा राख्ने प्रतिबद्वता राख्नु भएको थियो । उहांले नेपालमा अाउने पर्यटक मध्ये ५०% पर्यटक निकुञ्ज घुम्न अाउने बताउदै यस क्षेत्रमा पर्यटनको विकाश गर्न अावश्यक रहेको भन्दै यस कार्यलाई विभागले विशेषा कार्य योजना बनाएर अगाडी बढ्न लागेको जानकारी दिनुभयो ।

यता अभियानमा सहभागि नेकपाका केन्द्रिय सदस्य दिनेश राईले प्रदेश नम्बर २ कै मुख्य पर्यटकिय क्षेत्रको रुपमा रहेको यस क्षेत्रमा राज्यको लगानि बढाउन अाग्रह गर्नुभयो । कार्यक्रममा जानहित उपभोत्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले प्रस्तावना पत्र दिदै विगत लामो समयदेखि बन संरक्षणमा काम गर्दै आएको यस समितिले वन–वन्यजन्तु र जौविक विभित्ताको संरक्षण गर्दै जलवायु परिवर्तनसंग सम्बन्धित चेतनामा बृद्धि गर्ने र स्थानियहरुलाई बन संरक्षणका साथै पर्यटनका माध्यमबाट आर्थिक विकासको बाटोमा अग्रसर गराउने उद्धेश्य सहित यस अभियानको सुरुवात गरेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेकपाका केन्दिय सदस्य दिनेश राई, पर्सा राष्ट्रिय निकुञ्जका पुर्व संरक्षण हरिभद्र अाचार्य, जनहित समितिका भरत भुर्तेल, मुसहर्निमाई सामुदायीक बन समुहका अध्यक्ष कुवेर न्योपाने, भिमेश्वर सामुदायीक बन समुहका अध्यक्ष पेशलकुमार मुल्मी, चिनबहादुर पाख्रिन, राधाकृष्ण सामुदायीक बन समुहका सदस्य रामबहादुर कार्कि, जनजागरण सामुदायीक बन समुहका सचिव विपिन स्यांगबो, संचारकर्मि अनिल तिवारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस